मनोरञ्जन

यस वर्षकाे साेनाम ल्हाेसार यसरी मनाइयाे (फाेटाेफिचर)

यस वर्षकाे साेनाम ल्हाेसार यसरी मनाइयाे (फाेटाेफिचर)

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व बिहीबार विविध कार्यक्रम आयोजना गरी मनाइएकाे छ ।

विशेष कार्यक्रम गरी पुरानो वर्षको बिदाइ र नयाँवर्षको स्वागत गरेका हुन् । यस्ता पर्वले नेपाली संस्कृति संरक्षण हुनुका साथै भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने तामाङ समुदायका अगुवाहरुको भनाइ छ ।

मञ्जुश्री पात्रोअनुसार बिहीबारदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको पनि बताइन्छ ।

यसअवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले भृकुटिमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेकाे थिायाे । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिएकाे थियाे । 

फाेटाे: चन्द्र रार्इ

sonam lhosar photo feature

विशेष