मुख्य समाचार

ट्रायल पास गर्ने अढाइलाखले लाइसेन्स नै पाएनन्

ट्रायल पास गर्ने अढाइलाखले लाइसेन्स नै पाएनन्

काठमाडौं । सरकारको अकर्मण्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेका अढाइ लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन्।

 लाइसेन्स नपाउनेको संख्या दुई लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ। नियामक निकायहरूले समयमै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नुपरेको हो। देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ, नविकरण र नेपालीकरणसमेत) दैनिक करिब पाँच हजार छ। स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक आठ सय कार्ड प्रिन्ट गर्ने क्षमता छ।

त्यसो त विभागसँग माअनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौज्दात छैन। सरकारले २०७२ मंसिरदेखि वागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण देशैभर पुर्याए पनि ट्रायल पास गरेको ९्१० महिनाभन्दा लामो समयसम्म लाइसेन्स नपाउने अवस्था रहेको छ। कर्णाली अञ्चलबाहेक सबै कार्यालय र काठमाडौंमा थपिएका तीन वटा कार्यालय गरी १६ कटा कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण गरिन्छ। तर, विभागसँग न स्मार्ट लाइसेन्सको स्टक छ न प्रिन्टिङ मेसिन र्नै छ।–कारोबार दैनिकबाट

विशेष