मनोरञ्जन

सानिया मिर्जाको फिल्म बन्ने, यी हुन् अभिनेत्री

सानिया मिर्जाको फिल्म बन्ने, यी हुन् अभिनेत्री


मुम्बर्इ। चर्चित भारतीय टेनिस खेलाडी सानिया मिर्जाको जीवनीमा आधारित बायोपिक बन्ने भएको छ ।

एक अवार्ड कार्यक्रममा उनले आफ्नो बायोपिकमा आफ्नै साथी परिणीति चोपडाले आफ्नो भूमिका निभाउन सक्ने घोषणा गरेकी छिन् । फिल्म निर्माता एवं निर्देशक करण जोहर र रोहित शेट्टीले सानियाको जीवनमा आधारित फिल्म बनाउन इच्छा व्यक्त गरेपछि सानियाले सो भूमिकामा आफ्नै साथी फिट हुने बताएकी हुन् ।

बलिउडमा यस समय बायोपिक बन्ने लहर नै चलेको छ । टिम इंडियाको पूर्व कप्तान महेन्द्र सिंह धोनीको बायोपिकले बक्स अफिसमा सफलता पाएपछि यो लहर चलेको हो । त्यस्तै, ब्याडमिन्टन साइना नेहवालको जीवनीमा आधारित बायोपिक पनि बन्दैछ जसमा श्रद्धा कपुर साइनाको चरित्र निभाइरहेकी छिन् ।

सानिया र परिणीति पुरानो साथी हुन् । परिणीतिको शारीरिक बनावट पनि सानियाको जस्तै मिल्दोजुल्दो भएकोले उनले फिल्‍ममा आफ्नो भूमिका निभाउन परिणीतिलार्इ छनौट गरेको बताएकी छिन् । परिणीति चोपडा छिटै अक्षय कुमारको फिल्म ‘केसरी’मा पनि देखिनेछिन्

विशेष