मनोरञ्जन

१६ वर्षमा आफ्नो भर्जिनिटी तोडेकी सन्नीका यस्ता छन् रहस्य

१६ वर्षमा आफ्नो भर्जिनिटी तोडेकी सन्नीका यस्ता छन् रहस्य


एजेन्सी । सबैलाई थाहा भएकै कुरा हो, सन्नी लियोनी चर्चित पूर्व पोर्नस्टार हुन् । आजभोलि उनी पोर्न मुभी चटक्कै त्यागेर बलिउडमा धमाका पिटिरहेकी छन् । उनी बलिउडमा छिरेको धेरै भएको छैन । तर, हरेक वर्ष उनले फिल्ममा काम पाइरहेकी छन्, चर्चा कमाइरहेकी छन् । जान्नुस्, सन्नी लियोनीबारे केही रहस्य

– सन्नी लियोनीले जिन्दगीको पहिलो किस ११ वर्षको उमेरमा खाएकी थिइन् ।


– सन्नीले १६ वर्षको उमेरमा आफ्नो भर्जिनिटी तोडेकी थिइन्, यो कुरा उनी आफैँले पुष्टि गरेकी हुन् ।

– सन्नी सन् २०१२ मा निर्देशक तथा निर्माता पूजा भट्टको फिल्म ‘जिस्म २’ बाट बलिउडमा इन्ट्री गरेकी हुन् । बलिउडमा आउने उनको बाटो बिग बोसमा सहभागी भएपछि खुलेको हो । बिग बोसको एक एपिसोडको दौरानमा फिल्मका राइटर महेश भट्टले कथा सुनाएका थिए । सन्नीले ओके भनिन् । उनले सोही समयमा सन्नीलाई फिल्म ‘जिस्म २’ का लागि साइन गराएका हुन् ।

– सन्नीको जन्म सन् १९८१ मा सर्निया ओटारियो क्यानडामा पन्जाबी शिख परिवारमा भएको थियो । जब उनी ११ वर्षकी थिइन्, परिवारका साथ सन्नी अमेरिका बसाइँ सरेकी थिइन् ।

– सन्नीका पिता इन्जिनियर थिए । उनकी आमा हाउसवाइफ थिइन् । उनका एक भाइ छन्, उनको नाम सन्दीप सिंह बोहरा हो । उनी अमेरिकामै सेफको रूपमा काम गर्छन् ।

– डकुमेन्ट्री ‘मोस्टली सन्नी’ मा यो कुराका खुलासा भएको थियो कि सन्नी १३ वर्षको उमेरमा बायसेक्सुअल थिइन् । जुन कुरा सन्नी आफैँले एक इन्टरभ्यूमा भनेकी थिइन् ।

– सन्नीले जब इन्टरभ्युमा सोधियो कि, १६ वर्षमा भर्जिनिटी तोडिएको थियो त रु उनले खुलाएकी छिन् ‘त्यतिबेला ती युवक हाइस्कुलमा अध्ययन गर्थे भने बास्केटबल खेल्थे । उसको उमेर मेरोभन्दा केही बढी थियो । हामी दुई एकअर्कालाई मन पराउथ्यौँ । मैले १६ वर्षको उमेरमा भर्जिनिटी तोडेकी थिएँ । किनकी म यस्तो गर्न चाहान्छु, जुन काम गरिसकेपछि कुनै पनि खालको पछूतो नहोस् । म आफ्नो जिन्दगी रमाइलोसँग बिताउन चाहन्छु । मसँग राम्रो परिवार छ, राम्रा साथीहरू छन् । म उनीहरू सबैको साथले खुसी छु ।’


– सन्नीले पोर्न इन्डस्ट्रिजमा १९ वर्षको उमेरबाट करियर सुरु गरेकी थिइन् । उनले सबैभन्दा पहिले एक लेस्बियन प्रस्तुति दिएकी थिइन् ।

– सन्नीले पोर्न इन्डस्ट्रिजमा आउने निर्णय आफैँ गरेकी थिइन् । जब उनले यो निर्णय आफ्नो परिबारलाई बताइन्, परिवार आश्चर्यमा परेको थियो ।

– एक इन्टरभ्युको दौरानमा सन्नीले बताएकी थिइन्, ‘मैले आफ्नो परिवारको ईच्छाविपरीत पोर्न इण्डस्ट्रिज ज्वाइन गरेकी थिएँ ।’ मेरा लागि यो एक बिजनेश थियो । एउटा एडल्ट इन्डस्ट्रिजको फेमस म्यागजिनको कभर अफ दि इयरका लागि ६८ लाख रुपैयाँ लिएकी थिएँ ।

– पोर्न ईण्डस्ट्रिजमा आउनुअघि सन्नी एक जर्मन बेकरी तथा ट्याक्स एण्ड रिटायरमेन्ट फर्ममा काम गर्थिन् । सन्नीले करिअरको सुरुवात् मोडलको रुपबाट सुरु गरेकी थिइन् ।

– यसपछि उनले २००३ मा विबिड इन्टरनेटसँग तीन वर्षको लागि कन्ट्रयाक लेटरमा साइन गरेकी थिइन् । पोर्नोग्राफीको दुनियाँमा उनले यो कन्ट्याक लेटरमा साइन गरेसँगै प्रवेश गरेकी हुन् ।

– सन्नीले ४१ पोर्न मुभीमा आफै अभिनय गरेकी छिन् भने २५ वटा फिल्मलाई निर्देशन गरेकी थिइन् ।

– निर्देशक मोहित सुरीले सन्नीलाई २००५ मा फिल्म ‘कलयुग’ का लागि प्रस्ताव गरेका थिए । सन्नीले उक्त फिल्मका लागी १० करोड मागेकी थिइन्, जुन मोहितले दिन नसक्ने बताए ।

– सन्नी लियोनी भारतीय मुलकी पहिलो पोर्न स्टार हुन । उनले २०१२ मा ‘जिस्म २’ बाट बलिउड यात्रा पनि सुरु गरेकी हुन । उनीभन्दा पहिले कोही भारतीय महिलाले यस्तो गर्न सकेका थिएनन् ।

– ‘जिस्म २’ बक्स अफिसमा राम्रो रेकर्ड राख्न नसके पनि सन्नीको करिअर भने रोकिएन । उनले ज्याकपट, रागीनी एमएमएस २, एक पहेली लिला, कुछ कुछ लोचा है, मस्तीजादे, वन नाइट स्टैंड, तेरा इन्तजारलगायतका फिल्ममा काम गरेकी छिन् ।

– सन्नीलाई मोडलिङमा लाग्न सल्लाह उनीसँगै अध्ययन गर्ने एक क्लासमेट साथीले दिएकी थिइन् । उनले पहिलो फोटोसुट पेन्टहाउस म्यागजिनका लागी पोज दिएकी थिइन् ।

विशेष