मनोरञ्जन

यी हलिउड नायिका भन्छिन् १४ वर्षमा यौन शोषण भयो

यी हलिउड नायिका भन्छिन् १४ वर्षमा यौन शोषण भयो


एजेन्सी । आजकल अभिनेत्रीहरु आफुमाथि भएका यौन शोषणका घटनाबारे खुलेर बोल्न थालेका छन् ।

शक्ति र पैसा हुनेहरुले कसरी यौन शोषण गर्न खोज्छन् भन्‍ने विषयमा हलिउड तथा बलिउडका थुप्रै अभिनेत्रीहरुले आ-आफ्नो अनुभव मिश्रित धारणा राखिसकेका छन् । यौन शोषणका घटना निरुत्साहित गर्नका लागि महिलाहरुले नै यसबारे निर्भिकतापूर्वक आफुमाथि भएको अन्यायका घटना सार्वजनिक गर्नुपर्ने उनीहरुको भनाइ छ । यसरी आफुमाथि भएका यौनहिंसाका घटना सार्वजनिक गर्ने अभिनेत्रीको सुचीमा बेला थ्रोनको नाम थपिएको छ ।

‘बाल्यकालमा मेरो पनि यौन शोषषण भएको थियो । मलाई याद छ त्यतिबेला म १४ वर्षको थिएँ ,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन् । यौन शोषण कसले गर्‍यो भन्‍ने विषय भने उल्लेख छैन । उनका अनुसार निरन्तर यौनहिंसा हुन थालेपछि उनले एकदिन कोठाभित्र छिरेर ढोका बन्द गरेकी थिइन् । ‘ एकदिन मसँग आधारातमा ढोका बन्द गर्ने र ढोका छेउमै सुत्ने आँट आयो ।

म त्यस्तो शोषण फेरि हुन्छ भन्‍ने डरमा थिए । अन्त्य हुने प्रतिक्षामा थिएँ र अन्त्यमा त्यो अवस्था अन्त्य भयो,’ आफ्नो बाल्यकालको खराब घटनाबारे उनले लेखेकी छिन् । २० वर्षीया थ्रोन विभिन्‍न टेलिफिल्म तथा फिल्ममा गरेको अभिनयका कारण चर्चामा छिन् । उनी गायक समेत हुन् । बालकलाकारका रुपमा ९ वर्षको उमेरबाटै उनले आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।

विशेष