मनोरञ्जन

बुद्धि तामाङ ‘चङ्गा’ को नायक

बुद्धि तामाङ ‘चङ्गा’ को नायक


काठमाडौं । हैट नाम बाट चर्चा पाएका कलाकार बुद्धि तामाङ नयाँ फिल्मका लागि अनुवन्धित भएका छन ।

पछिल्लो पटक रुचाईएका कलाकार तामाङले नयाँ फिल्मका लागि साइन गरेका हुन् । ‘चङ्गा’ नामक फिल्ममा उनले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । राजधानीमा एक कार्यक्रमका बीच बुधवार फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ ।

हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को निर्देशन रहने फिल्ममा वुद्दि सँगै कलाकारहरु कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय हेर्न सकिन्छ ।

यसैबिच फिल्म ‘चङ्गा’को प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । यो फिल्म वर्ष २०७५, जेष्ठ ११ गतेबाट प्रदर्शनमा आउने निर्देशक भण्डारीले जानकारी दिएका छन् । कमेडी कथामा निर्माण हुने बताइएको फिल्मका कार्यकारी निर्माता प्रकु पाण्डे हुन् भने रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा काम गरेकी छिन् ।

विशेष