मुख्य समाचार

प्रधानसेनापति क्षत्री श्रीलंका प्रस्थान

प्रधानसेनापति क्षत्री श्रीलंका प्रस्थान


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलंकाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा श्रीलंका प्रस्थान गरेका छन् ।

क्षेत्रीलाई हिजो बुधबार रथी पूर्णचन्द्र थापाले त्रिभुवन विमानस्थलमा विदाई गरे । विदाई गर्नु अघि सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

भ्रमणमा क्षत्रीले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री लगायतलाई भेट गर्ने कार्यक्रम रहेको सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उक्त अवधि भर कामु सेना प्रमुखको जिम्मेवारी रथी पूर्णचन्द्र थापाले कार्यभार सम्हाल्ने छन् । भ्रमण पुरा गरी क्षत्री माघ ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

 

विशेष