खेल

मेसीको पेनाल्टी रोकिँदा बार्सा पराजित

मेसीको पेनाल्टी रोकिँदा बार्सा पराजित


म्याड्रिड । स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना एस्पान्योलसँग १–० ले पराजित भएको छ ।

एस्पान्योलको घरेलु मैदानमा बार्सिलोनाले ६२ औं मिनेटमा पेनाल्टी पाएपनि मेसीले गोल गर्न नसक्दा अग्रता लिने मौका चुकायो । ८८ औं मिनेटमा ओस्कार मेलेन्डोले गोल गर्दै एस्पान्योललाई जित दिलाए ।

बुधबारै सेभियाले एट्लेटिको म्याड्रिड तथा भ्यालेन्सियाले अलाभेसलाई समान २–१ को स्कोरले हराए । दोस्रो लेग अर्को साता हुनेछ ।

विशेष