प्रवास

जापानमा नेपालीमाथी बज्रपात दुर्घटनामा एकको ज्यान गयो

जापानमा नेपालीमाथी बज्रपात दुर्घटनामा एकको ज्यान गयो

टोकियो । जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्।

घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन।

घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो। दुई वर्षअघि रोजगारीका लागि जापान आएका सापकोटा र घाइते दुवैजना कुक भिसामा थिए। सापकोटा खानाजावा शहरको एक नेपाली रेस्टुरेन्टमा काम गरेर घर फर्कंदै थिए। घाइते भने सापकोटाको नजिकका आफन्त रहेको प्रहरीले जनाएको छ।

 

विशेष