मुख्य समाचार

नवनियुक्त प्रदेश प्रमुखको सपथ आज

नवनियुक्त प्रदेश प्रमुखको सपथ आज

काठमाडौं । सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखले आज राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिँदैछन् ।

शीतलनिवासमा अपरान्ह एक कार्यक्रमकाबीच प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशको अस्थायी मुकामसंगै सातै प्रदेशका प्रमुख तोकेको थियो ।

सरकारले प्रदेश नम्बर १ मा डा।गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

विशेष