मनोरञ्जन

सर्वोच्चले हटायो पद्मावत माथि लगाइएको प्रतिबन्ध

सर्वोच्चले हटायो पद्मावत माथि लगाइएको प्रतिबन्ध

एजेन्सी । निर्देशक संजय लीला भंसालीको विवादित चलचित्र पद्मावत माथि भारतका चार राज्यमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतले बिहिवार हटाएको छ ।

हरियाणा, मध्य प्रदेश, गुजरात र राजस्थान सरकारले भंसालीको चलचित्र माथि प्रतिबन्ध लगाएको थियो । सोको विरुद्ध चलचित्र निर्माताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । प्रधानन्यायाधीश दीपक मिश्राको अध्यक्षता र न्याधीश एएम खानविलकर, डीवाई चन्द्रचूडको बेन्चले कुनै पनि राज्यमा चलचित्रको प्रदर्शन माथि रोक लगाउने आदेश अथवा सूचना जारी गर्न पनि प्रतिवन्ध लगाएको छ । प्रधानन्याशीश दीपक मिश्राले भने जब बेन्डिट क्वीन रिलीज हुन सक्छ भने पद्मावत चलचित्र किन रिलीज हुन सक्दैन ।

संसदले वैधानिक रुपले सेन्सर बोर्डलाई जिम्मेवारी दिएको छ र बोर्डले चलचित्रलाई सर्टिफिकेट दिएको छ भने कानून व्यवस्थाको नाममा राज्यले कसरी यो सन्दर्भमा चलचित्रलाई प्रतिबन्ध लगाउन सक्छ रुु चलचित्रलाई केहि हप्ता अघि सेन्सर बोर्डले प्रदर्शनका लागि अनुमति दिएको थियो । सेन्सर बोर्डले चलचित्रको नाम परिवर्तन गरेर पद्‍मावत राख्न सुझाव दिएपछि चलचित्रको नाम परिवर्तन गरेर पद्‍मावत राखिएको छ। साथै बोर्डले चलचित्रका २६ दृश्यहरु हटाउन पनि आदेश दिएको थियो । चलचित्र २५ जनवरीमा रिलिज हुदैछ ।

विशेष