मनोरञ्जन

बलिउड अभिनेता सोहेल खान काठमाडौं अाइपुगे, सलमान खान पनि अाउँदै

कन्सर्टको तयारी

बलिउड अभिनेता सोहेल खान काठमाडौं अाइपुगे, सलमान खान पनि अाउँदै

काठमाडौँ । फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् । आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग: द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको पक्का गर्न उनी नेपाल आएका हुन् ।

 

अहिले सोल्टी होटलमा रहेका उनले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षालगायतका विषयबारे जानकारी लिँदै छन् । उनले होटलमा शुक्रबार बेलुका ४ बजे पत्रकार सम्मेलन हुँदैछ ।

 

यही कन्सर्टमा बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउँदै छन् । ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।अाेडीसीले ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गरेकाे थियाे ।

 

आयोजकका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् । कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ ।

विशेष