प्रवास

नेपालीसहित ३ सय यात्रु बाेकेर अस्ट्रेलियादेखि मलेसीया उडेको विमान अाकस्मिक अवतरण, यसरी बच्यो सबैको ज्यान

नेपालीसहित ३ सय यात्रु बाेकेर अस्ट्रेलियादेखि मलेसीया उडेको विमान अाकस्मिक अवतरण, यसरी बच्यो सबैको ज्यान

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट मलेसियाको क्वालालाम्पुर उडेकाे मलेसियन एअरलाइन्स अाकस्मिक अवतरण गरिएकाे छ । ३ सयभन्दा बढी यात्रु बकेकाे एअरलाइन्सकाे इन्जिनमा खराबी अाएपछि अाकस्मिक अवतरण गरिएकाे हाे । 

 

नेपाली यात्रुसमेत रहेका विमान अष्ट्रेलियाको सिमाना कट्ने बेलामा एकाएक समस्या देखिएपछि अष्ट्रेलियाकै एलिस स्प्रिङमा एअरपाेर्टमा आकस्मिक अवतरण गरिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

 

विमान सीमा नजिक पुगेपछि ठूला आवाजमा कराएर एकएक हल्निन थालेपछि सबै यात्री, विमान परिचालकसमेत आत्तिएर एताउता दाैडिएकाे विमानमा यात्रा गरिरहेका एक नेपाली संजिव पाण्डेले बताए । 

 

उनका अनुसार पाइलटले करीब १५ मिनेटपछि मात्र विमानमा समस्या आएको र इमर्जेन्सी ल्याण्डिङको लागि एलिस स्प्रिङ्गसतिर फर्काउने घोषणा गरेका थिए । विमान चालकले सबै यात्रुलार्इ सकुसल अवतरण गराउन सफल भए ।

विशेष