स्वास्थ्य

नेपालमा पहिलेपटक क्यान्सर विरामीकाे तथ्याङक संकलन हुँदै

नेपालमा पहिलेपटक क्यान्सर विरामीकाे तथ्याङक संकलन हुँदै

क्यान्सरका बिरामीको संख्या र उनीहरुको स्थिति थाहा पाउन नेपाल सरकारले आगामी आइतबारदेखि तथ्यांक संकलन गर्ने भएको छ ।

 

कुनैपनि निकायसँग सरकारका अहिलेसम्म नेपालमा क्यान्सरका कति बिरामी छन् भन्ने यकिन तथ्यांक नभएकाले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली सुरु गर्न लागेको हो ।

 

परिषदका कार्यकारी अध्यक्ष डा. अन्जनीकुमार झाले क्यान्सरका बिरामीलाई उपचारका लागि दिँदै आइरहेको १ लाख र सरकारले हालसालै निर्णय गरेको मासिक ५ हजार रुपैयाँ सहयोग दिने व्यवस्था अझ प्रभावकारी बनाउन पनि तथ्यांक संकलनले सहयोग र्पुयाउने बताएका छन् ।

 

तथ्यांक संकलनका लागि अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिकारनगरपालिकामा सहयोगका लागि जानेमार्फत् तथ्यांक र सूचना लिइने डा. झाले जानकारी दिए ।

 

सन् २००३ देखि स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिकरुपमा बीपी कोइराला क्यान्सर अस्पतालबाट विवरण संकलन थालेको थियो ।

 

सूचना तथा जानकारी कुन विधि र प्रक्रियाबाट संकलन गर्ने भन्नेमा परिषद्ले भारतको प्रसिद्ध टाटा मेमोरियल क्यान्सर अस्पतालमा पाँचजना कर्मचारीलाई तालिम लिनसमेत पठाएको थियो ।

विशेष