मनोरञ्जन

‘लालपूर्जा’ भर्सेस ‘पिंजडा ब्याक अगेन’, कस्ले मार्ला बाजी ?

‘लालपूर्जा’ भर्सेस ‘पिंजडा ब्याक अगेन’, कस्ले मार्ला बाजी ?

काठमाडौं । दुई नेपाली फिल्म ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ले शुक्रवारबाट राजधानी भित्रका हलहरुमा पनि प्रदर्शन सुरु गरेका छन् ।

 

बिहीवारबाट उपत्यका बाहिरका हलहरुमा प्रदर्शन भएका फिल्मले रिलिज पूर्व गरिएको विशेष शोमा दुई वटै फिल्मले चलचित्रकर्मीबाट उत्कृष्ट भएको प्रतिक्रिया पाएका थिए ।

 

फिल्म ‘लालपुर्जा’ले जग्गाका लागि हुने दुई दाजु–भाईको कथा प्रस्तुत गरेको छ भन ‘पिंजडा ब्याक अगेन’ लाई फेमिली ड्रामा को रुपमा हेर्न सकिन्छ ।

 

फिल्म ‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ भने फिल्ममा चर्चित लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठको पनि गेस्ट रोल रहेको छ ।

 

यस्तै, ‘पिंजडा ब्याक अगेन’मा निखिल र सारा सिपार्ली मुख्य भूमिकामा देखिएका छन । निर्देशक हिमाल केसी रहेको फिल्मलाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।

विशेष