स्वास्थ्य

हृदयघात हुने यस्ता छन् १० कारण

हृदयघात हुने यस्ता छन् १० कारण

काठमाडाैं । मनिसलाई अकस्मात हुने रोग मध्येमा मुटु रोग पनि एक हो । आज हामी हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोगका बारेमा चर्चा गछौँ ।

 

त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु बारे जान्नु पनि आवश्यक छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने ।

 

यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अत्याधिक हुन्छ ।

 

यस्ता लक्ष्यणहरु देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । यदि तल लेखिएका कुनैपनि कारण तपाईसंग मिल्न गएमा तपाई हर्टअट्याकको जोखिममा हुन सक्छ । त्यसैले यी कुरा हरु जान्नु जरुरी रहेको छ ।

 

हर्टअट्याक हुने १० कारणहरु यस्ता छन, यदि तपाईं पनि हर्टअट्याकबाट बाँच्न चाहानुहुन्छ भने यी बानि आजैबाट छोड्नुहोस

धुम्रपान वा सूर्ति सेवन

उच्च कोलेस्टेरोल

मधुमेह

उच्च रक्तचाप

अत्याधिक मदिरा सेवन

शारीरिक गतिबिधिमा कमी

मोटोपना

वंशाणुगत

मानसिक तनाव

बढी नुनीलो, चिल्लो र गुलियो खानू

विशेष