देश

डाेटीमा झडप, ५ प्रहरीसहित एक दर्जन प्रदर्शनकारी घाइते

डाेटीमा झडप, ५ प्रहरीसहित एक दर्जन प्रदर्शनकारी घाइते

डाेटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा शुक्रबार प्रदर्शनकारी र प्रहरीका बीचमा झडप भएको छ । झडपका क्रममा प्रादेशिक राजधानीको माग गर्दै आएका एक दर्जन अान्दाेलनकारी र ५ जना प्रहरी घाइते भएका छन् ।

झडपमा प्रहरी निरीक्षक भिमदत्त जोशीसहित ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ ।  घाइतेमध्ये दुई जना प्रहरीको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ ।

झडपमा एमाले डोटीका अध्यक्ष चक्रबहादुर मल्ल, दिपायल सिलगढी नगरपालिकामा मेयर मञ्जु मलासी, सायल गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंह, माओवादी केन्द्रका केन्द्रीय सदस्य जर्नादन जोशी, आन्दोलनकारी सुशील घर्ती, शेरबहादुर मल्ल, मेरिना श्रेष्ठ, विजयराज ओझासहितका एक दर्जन आन्दोलनकारी घाइते भएका छन् ।

 

अान्दाेलनकारीले डोटीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कालो झण्डा गाडेनुका साथै जिल्लाको सरकारी कार्यालयका बोर्ड फालिएको फ्यालेका छन् । जिल्ला वन, जिल्ला पशु सेवा, निर्वाचन कार्यालय, जिल्ला नापीको नव निर्मित भवनमासमेत अान्दाेलनकारी तोडफोड तथा आगजनी गरेका छन् 

प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ दर्जनभन्दा बढी अश्रु ग्यास प्रहार गरेको थियाे ।  

विशेष