मनोरञ्जन

किन भेटे इजरायली प्रधानमन्त्रीले भारतीय कलाकारलाई ?

किन भेटे इजरायली प्रधानमन्त्रीले भारतीय कलाकारलाई ?

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ६ दिनको भारत भ्रमणका क्रममा बलिउडका चर्चित कलाकारसँग भेट गरेका छन् । साथै बेन्जामिनले यी कलाकार सँगको भेट आफ्नाे लागि ठूलो सौभाग्य भएको बताएका छन् ।

भारत बसाइको क्रममा सबैसँग भेटेर सबैका बारेमा जान्ने इच्छा राखेका उनले भेटकार्यक्रमलाई निरन्तर्ता दिँदै कलाकार सँग भेट गरेका हुन् ।

उक्त भेटमा अमिताभ बच्चन, करण जौहर, विवेक ओबरँय, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चनु सुभाष घई, इम्तियाज अली, प्रसून जोशी, रणविर कपुर, रोनी स्कूवाला, राज नायक र सारा अली खान लगायतका कलाकारको उपस्थिति थियो ।

करण जोहरले सामाजिक सञ्जालमा धेरै फोटोहरु सार्वजनिक गरेका छन् । साथै अन्य कलाकारले पनि फोटो सार्वजनिक गर्दै छन् ।

 

विशेष