मनोरञ्जन

आमिर चीनसँग नजिकिनुको यस्तो छ राज

आमिर चीनसँग नजिकिनुको यस्तो छ राज

एजेन्सी । बलिउडका चर्चित नायक आमिर खानको फिल्म ‘दंगल’ले चीनमा ठूलो सफल्ता हात पारेको छ । भारत लगायत अन्य धेरै देशमा सपलता हात पारेको फिल्म पछिल्लो पटक चीनमा प्रदर्शन भएको थियो । फिल्मलाई चौतर्फि सफलता मिलेको छ ।

 

आमिर खानले अब चाँडै भारत र चीनका कलाकारसँग मिलेर नयाँ फिल्म बन्ने बताएका छन् । फिल्म खेल्ने इच्छा आमिरलेनै राखेको बताएपछि चिनका कलाकार र भारतका कलाकारसँगै देखिन लागेका हुन् ।

 

यति बेला भारतका सञ्चार माध्यममा फिल्म उत्कृष्ट निर्माण हुने चर्चा चल्न थालेको छ । फिल्मलाई लिएर आमिर पनि उत्साहित भएको भारतीय मिडियाहरुले बताएका छन् ।

विशेष