देश

धनकुटामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलाे बनायाे

धनकुटामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलाे बनायाे

धनकुटा । स्थानीय प्रशासनले धनकुटामा शुक्रबार लगाएको निषेधाज्ञा साँझबाट केही खुकुलो बनाएको छ ।

 

शान्ति सुरक्षाको लागि साँझ ५.३० बजेपछि स्कर्टिङमा यातायात चलाउन थालिएकाे हाे । थालेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताएका छन् ।

 

बिहीबार दिनभरी कफ्र्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको थियाे ।

 

आन्दोलन रोक्ने विषयमा राजनीतिक दलसँग भएको छलफल भने बिना निष्कर्ष टुंगिएकाे थियाे । स्थानीय प्रशासनसँग भएको छलफल सहमति नभएपछि राजनीतिक दल र आन्दोलकारी धनकुटा जिल्लाबासी आन्दोलन योजना बनाउन बैठक बसिरहेका छन् ।

 

प्रदेश नं १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका धनकुटा जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधान, बजारमा तोडफोड र आगजानी गर्दै प्रहरीसँग झडप गर्न थाले स्थानीय प्रशासनले अनिश्चितकालिन कफ्र्यू लगाएको थियो ।

 

 

विशेष