मनोरञ्जन

प्रियंकाको खुल्लम–खुल्ला चुम्बन ! भयो भाइरल

प्रियंकाको खुल्लम–खुल्ला चुम्बन ! भयो भाइरल

मुम्बर्इ । भारतीय अभिनेत्री प्रियंका चोपडाले न्युयोर्कको सडकमा एक व्यक्तिलार्इ खुलेआम चुम्बन गर्दै गरेको तस्वीर इंटरनेटमा भाइरल भएको छ ।

प्रियंकाले टिभी सिरिज ‘क्वांटिको’को सिजन ३ को सुटिंगको सिलसिलामा आफ्नो सह–अभिनेता एलन पावेललार्इ चुम्बन गरेकी हुन् । अभिनयको क्रममा खिचिएको उक्त तस्वीर एकाएक भाइरल भएको हो ।

तस्वीरमा कालो पहिरनमा सजिएकी प्रियंका र कालै कोट र टोपीमा प्रस्तुत एलन ओठमा ओठ जोडेर चुम्बन गरिरहेका देखिन्छन् । ‘क्वांटिको’ को नयाँ सिजनमा प्रियंका निकै बोल्ड अवतारमा देखिएकी छिन् ।

यसअघिको दुर्इवटै सिजनमा २२र२२ भागमा प्रस्तुत गरिएको ‘क्वांटिको’ यस सिजनमा भने मात्र १३ एपिसोडमा देखाइने भएको छ । उक्त टिभी सिरिजमा प्रियंका एलेक्स पेरिस नामक अनुसन्धान अधिकृतको चरित्र निभाइरहेकी छिन् ।

विशेष