मनोरञ्जन

पद्मावतका लागि ताैल बढाएका रणवीरले किन घटाए २० किलो तौल ?

पद्मावतका लागि ताैल बढाएका रणवीरले किन घटाए २० किलो तौल ?

रणवीर सिंहले झण्डै २० किलाे ताैल घटाएकाे खबरले भारतीय सञ्चार माध्यम तातेकाे छ । जाेया अख्तरकाे निर्देशनमा बनिरहेकाे नयाँ फिल्मका लागि रणवीर अाफ्नाे ताैल घटाएका हुन् । 

रणवीरले आलिया भट्टका साथ गली ब्वाय नामक फिल्मको सुटिङ सुरु गरेका छन् । अख्तरको निर्देशनमा बनिरहेको फिल्ममा रणवीर सडक युवाको भूमिकामा रहेको बताइन्छ । उनले यो फिल्मका लागि झन्डै २० किलो तौल घटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

पद्मावत फिल्मका लागि तौल बढाएका रणवीरले गली ब्वायका लागि अहोरात्र मिहिनेत गरेर तौल घटाएका हुन् । पद्मावतमा उनी अलाउद्दिन खिल्जीको भूमिकामा छन् । सो भूमिकाका लागि उनले तौल बढाउनुपरेको थियो ।

 

त्यसका लागि उनले मात्रा मिलाएर डाइट खानुका साथै घन्टौँ जिम गर्ने गर्दथे । गली ब्वाय र्‍यापर डिभाइन र नैजीको जीवनकहानीबाट लिइएको बताइने गरिएको भए पनि निर्देशक जोयाले भने अस्वीकार गर्दै आएकी छिन् । उनले आफ्नो फिल्मको कथा कसैबाट पनि प्रभावित नभएको बताउने गर्छिन् । फिल्ममा रणवीर गरिब बस्तीमा हुर्के– बढेर चर्चित र्‍यापर बनेको देखाइने बताइन्छ ।

विशेष