समाज

वडाध्यक्षबाट दृष्टिविहीनलाई सहयोग

वडाध्यक्षबाट दृष्टिविहीनलाई सहयोग

दोलखा । तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्षले आफ्नो भत्ताबापतको रकम दृष्टिविहीन बालकलाई शुक्रबार प्रदान गरेका छन् ।

अध्यक्ष महेश्वर काफ्लेले सोही वडाका दुई दृष्टिविहीन बालकलाई भत्ताबापतको रु आठ हजार ७७५ र अमेरिका निवासीसानु शेर्पाको रु पाँच हजार गरी एकमुष्ट रु १३ हजार ७७५ सहयोग गरेका हुन् । विभिन्न तालीम गोष्ठीबाट आफूलाई भत्तास्वरुप प्राप्त रकम विपन्न तामाकोशी – १ माझीगाउँका शंकर माझीका दृष्टिविहीन दुई छोरा सुरेन्द्र र राजेन्द्रलाई अध्ययनका लागि सहयोग गरिएको अध्यक्ष काफ्लेले जानकारी दिए ।

उनीहरु दुवै जन्मजातैै दृष्टिविहीन छन् । आफूहरु दुइटै आँखा नदेख्ने भए पनि अवसर पाए भविष्यमा संगीत सिकेर गायक बन्ने लक्ष्य रहेको सुरेन्द्रले बताए । सो रकमले उनीहरुलाई संगीत कक्षामा भर्ना गरिने बुवा शंकरले जानकारी दिए । पाँच सन्तानका पिता शंकरको आर्थिक अवस्था दयनीय छ । माछा मारेर जीवन धानेका यी माझीका दुई छोरा केही वर्षयता चरीकोटस्थित कालिञ्चोक माविले सञ्चालन गरेको छात्रावासमा बसेर पढ्दै आएका छन् ।

dolakha

विशेष