ईटहरी गोल्डकपकाे उद्घाटन खेलमा थ्री स्टार क्लब विजयी
इटहरी । मदन भण्डारी स्मृति ईटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।
इटहरीको मैदानमा शनिबार भएको खेलमा थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हाे ।
यस खेलका म्यान अफ दि म्याच घोषित भएका मार्टिन्स्ले १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा मनाङ्ग मर्स्याङदी क्लब, थ्री स्टार क्लब, ए पि एफ, त्रिभुवन आर्मी क्लब, झापा ११, भुटानको ड्रुक युनाईटेड, कोलकोताको गोरीफा स्पोर्टिङ्ग क्लब र आयोजक राष्ट्रिय जागृती क्लब गरी जम्मा ८ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने क्लबले १२ लाख र दोस्रो हुने क्लबले ५ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई जनही २० हजार, म्यान अफ दि म्याचलाई १० हजार र प्रतियोगिताको स्र्वोत्कृट खेलाडीलाई २५ हजार र एउटा ४२ ईन्चको एल ई डि टेलिभिजन प्रदान गरिने छ ।
itahari goldcup