खेल

सन्दीप लामिछानेकाे नाम अाइपिएलकाे अक्सनमा समावेश

सन्दीप लामिछानेकाे नाम अाइपिएलकाे अक्सनमा समावेश

काठमाडौं । नेपाली क्रिकेटबाट पहिलाे पटक युवा स्पीनर सन्दीप लामिछानेकाे नाम इन्डियन प्रिमियर लिग (अाइपिएल) काे अक्सनमा समावेश भएकाे छ । 

शनिबार अाइपिएलकाे १३ अाैँ संस्करणकाे लागि अाइपिएलकाे अाधिकारिक साइटमा सार्वजनिक गरिएकाे ५७८ खेलाडीकाे लिस्टमा सन्दीपकाे नाम पनि अटाएकाे हाे । 

यसअघि आइपीएलको अक्सनका लागि रजिस्टर भएका खेलाडीको देशका नाम सार्वजनिक गर्दा त्यहाँ नेपालको नाम थिएन । सन्दीपको नाम समावेश भएपछि नेपाली क्रिकेटप्रेमीको उत्साह बढेको छ । यसअघि सन्दीपको नाम बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा पिन समावेश थियो । तर उनलाई कुनै पनि टिमले लिएनन् ।

पहिलो पटक आइपीएल अक्सनका लागि छानिएका नेपाली खेलाडी सन्दीपको बेस प्राइज २० लाख तोकिएको छ । यस संस्करणको आइपीएलका लागि यही जनवरी २७ र २८ मा बैंगलोरमा अक्सन हुनेछ । 

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ अन्तर्गत नामिविया विरुद्ध घरेलु मैदानमा डेब्यु गरेका १८ वर्षीय सन्दीप अहिले नेपाली टोलीको नियमित सदस्यका रुपमा छन् । बंगलादेशमा सन् २०१६ मा भएको यू-१९ वर्ल्ड कप क्रिकेटमा सन्दीपले नेपालको कप्तानी सम्हालेका थिए । 

अष्ट्रेलियाका वर्ल्ड कप विनिङ पूर्व कप्तान माइकल क्लार्कको निमन्त्रणामा सन्दीपले अष्ट्रेलिया गएर खेल्ने र प्रशिक्षण गर्ने अवसर पाएका थिए ।

Sandeep lamichhane

विशेष