देश

नेपालीको विरोधपछि सिमानामा पिलर गाड्न रोकियो

नेपालीको विरोधपछि सिमानामा पिलर गाड्न रोकियो

वीरगन्ज । नयाँ सीमा स्तम्भ गाड्ने क्रममा कयौँ विघा नेपाली भूमि भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा काम रोकिएको छ ।

सीमामा हराएका र जीर्ण सीमा स्तम्भ (पिलर) हरु मर्मत र निर्माणका क्रममा भारततर्फ पर्न गएका नेपाली जग्गाका धनीहरु विरोधमा उत्रेपछि दुवै पक्षले काम रोकेका हुन् ।

दुवै देशको सीमास्थित दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका–१ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेको थियो ।

भारतमा पुगेको नेपाली जग्गा धनीहरुले विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा नापी विभागले बाँकी पिलरहरुको मर्मत र पुननिर्माण रोकेको हो ।

पीडित जग्गा धनीहरुले नयाँ पिलर गाडेपछि लाजपूर्जा भएको नम्बरी जग्गा भारतमा परेको भन्दै निवेदन दिएपछि तत्कालका लागि पिलर मर्मत र पुनर्निर्माणको काम रोक्न जिल्ला प्रशासन कार्यालयले नापी विभागको टोलीलाई आग्रह गरेपछि काम रोकिएको हो । अाजकाे अन्नपूर्णमा खबर छ । 

विशेष