प्रवास

इन्डोनेसियाली प्रहरी इन्काउन्टरमा तामाङ मारिए

इन्डोनेसियाली प्रहरी इन्काउन्टरमा तामाङ मारिए

मलेसिया । इन्डोनेसियाली प्रहरी इन्काउन्टरमा शरणकुमार तामाङ मारिएका छन्। नेपाली दूतावासका द्वितीय सचीव प्रेमराज गौतमका अनुसार मृतक तामाङ सेम्जोङ–७, धादिङका हुन्।

 

इन्डोनेसियाको जकार्तास्थित होटल अल्पलाइनमा बसेर लागूऔषध धन्दा चलाउँदै आएका तामाङलाई ग्राहक बनेर त्यहाँ पुगेको प्रहरीले जनवरी १२ मा पक्रेको थियो ।

 

थप अनुसन्धानका लागि लैजाने क्रममा जकार्तास्थित आईटीसी चम्पाका अपार्टमेन्ट अगाडि बाटोमा तामाङले हतियार खोसेर प्रहरीमाथि प्रहार गर्न खोजेपछि इन्काउन्टर गरिएको जनाइएको छ ।

 

एक साताअघि भएको घटनामा मारिएका तामाङबार मलेसियास्थित नेपाली दूतावासले त्यहाँ रहेका अवैतनिक वाणिज्य दूतलाई बुझ्न भनेको थियो। वाणिज्य दूतमार्फत प्राप्त जानकारीपछि मृतक ३४ वर्षीय तामाङ भएको पुष्टि भएको हो। अाजकाे कान्तिपुरमा खबर छ

विशेष