खेल

के शताब्दी खेलाडी पेले विरामी छन् ? प्रवक्ता भन्छन्, उहाँ अस्पतालमा होइन, घरमै हुनुहुन्छ

के शताब्दी खेलाडी पेले विरामी छन् ? प्रवक्ता भन्छन्, उहाँ अस्पतालमा होइन, घरमै हुनुहुन्छ

एजेन्सी । विश्व फुटबलका महान खेलाडी ब्राजिलका पेलेको स्वास्थ्य अवस्थाबारे उनको प्रवक्ता खण्डन गरेका छन्। केही समयदेखि शरीरमा अत्यधिक थकानका कारण पेलेलाई अस्पताल भर्ना गरिएको भन्ने खबरको उनले खण्डन गरेका हुन् । उनले पेले स्वस्थ रहेको र घरमै आराम गरिरहेको स्पष्ट पारे ।

 

७७ वर्षीय पेलेको सम्मानमा फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) ले यो सप्ताहन्तमा अायाेजना गरिएकाे डिनर कायर्क्रम पलेले रद्द गरेका थिए । त्यही विषयलार्इ लिएर एफडब्लूएले उनकाे स्वास्थ्यमा समस्या अाएका अनुमान लगाएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्मले जनाएका छन् । 

 

पेलेका प्रवक्ता जोसे फोर्नोस रोड्रिग्वेजले समाचारकाे खण्डन गर्दै पेले बिरामी भएकोले उक्त कार्यक्रम रद्द गरेको खबर झूटो भएकाे बताएका छन् । उनका अनुसार पेलेले लामो र तनावपूर्ण विमान यात्रा गर्न नचाहेकोले कार्यक्रम रद्द भएकाे हाे ।

 

उमेर ढल्कँदै गएपछि पेले मिर्गौला तथा प्रोस्टेटमा देखिएको समस्यासँग जुधिरहेका छन् । विश्वका महान फुटबलरका रुपमा लिइने पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए । यो तथ्यांकमा ब्राजिलबाट पेलेले ९१ खेलमा गरेको ७७ गोल पनि सामेल छ । फिफाद्वारा समेत शताब्दी खेलाडी घोषित पेले तीनपटक विश्पकप फुटबलको उपाधि जित्ने एकमात्र खेलाडी हुन् ।

विशेष