मुख्य समाचार

सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे

सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे


काठमाडौं । नेपाली सेनाका १४ जना महासेनानीको सरुवा भएको छ ।

महासेनानीहरु प्रदिपजंग केसीलाई २६ नम्बर वाहिनिको सहायक बाहिनीपतिमा, प्रयोग जवरालाई पुर्वी पृतनाको सहचिफ अफ स्टाफमा, योगराज शर्मालाई १४ नम्बर बाहिनीमा, प्रेमध्वज अधिकारीको विशेष फौज बाहिनीको सहायक बाहिनीपतिमा, राजेश चन्दको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयमा सरुवा भएको छ ।

महासेनानी आनन्दसिंह भाट, सैनिक गूप्तचर महानिर्देशनालय,कुमारबावु थापालाई पश्चिम पृतना मुख्यालय,हरेन्द्र पाठक, सुरक्षा परिषद,पुरुषोतम ढकाललाई पुर्वी पृतना मुख्यालयमा,सन्तोषराज पाण्डेलाई मध्यपश्चिम पृतना सरुवा गरिएको छ । त्यसैगरी महासेनानी शिशिरचन्द्र केसीको ३ नम्बर बाहिनी अड्डा, किरण केसीलाई कल्याणकारी निर्देशनालय,रबिन्द्र केसी सैन्य तालिम केन्द्रको केन्द्रपति र नविल सिलवाललाई विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको केन्द्रपतिको जिम्मेवारी दिइएको छ ।

विशेष