मनोरञ्जन

जिरो बन्दा यस्तो देखिए साहरुख खान

जिरो बन्दा यस्तो देखिए साहरुख खान

काठमाडौं । बलिउडका नायक शाहरुख खानका लागि २०१७ खासै राम्रो रहेन । तर, २०१८ भने उनका लागि सुखद हुने अनुमान लगाइएको छ । कारण, नयाँ फिल्म ‘जिरो’को टीजरमा शाहरुखको फरक अवतारले यतिबेला सबैलाई चकित बनाएको छ ।

२०१८ को शुभकामना स्वरुप शाहरुखले आफ्ना प्रशंसकलाई फिल्म ‘जिरो’ नाम र टीजर सार्वजनिक गरेका छन्, जुन अहिले सामाजिक सञ्जालमा खुब भाइरल भएको छ । २०१७ मा आएको शाहरुख खानको फिल्म जब ह्यारी मेट सेजलु बक्स अफिस असफल साबित भएपनि उनका फ्यानले उनको ‘जिरो’ अवतारलाई भने निकै मनपराएका छन् ।

शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्माले अभिनय गर्ने यो फिल्मलाई आनन्द एल रायले निर्देशन गर्दैछन् । यस फिल्मलाई २०१८ को डिसेम्बर २१ मा रिलिज गर्ने घोषणा गरिएको छ ।  टीजरको अन्तिममा शाहरुख भन्छन्, ‘म जसको पछि लाग्छु, लाइफ बनाइदिन्छु ।’ फिल्मको बजेट १ सय ६० करोड बताइएको छ ।

विशेष