मुख्य समाचार

निर्वाचन आयोगद्वारा सूची सच्याउन आधा दर्जन पार्टीलाई पत्राचार

निर्वाचन आयोगद्वारा सूची सच्याउन आधा दर्जन पार्टीलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको छ ।

नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई समानुपातिकको सूची सच्याउन भन्दै आज पत्राचार गरेको हो । २० गते भित्र सूची सच्याएर आयोगमा बुझाइसक्नु पर्ने छ ।

दलहरुले सूची बुझउने बुझाउँदा ‘क्रमभंग गरेको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन भनिएको बताइएको छ । २० गतेसम्म सच्चीएर नआए वा पुनः त्रुटी देखिए ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने आयोगले बनाएको छ ।

विशेष