खेल

प्रिमियर लिग: युनाइटेड दाेस्राे स्थानमा

प्रिमियर लिग: युनाइटेड दाेस्राे स्थानमा

 इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले तीन खेलपछि जित दर्ता गर्दै दाेस्राे स्थानमा उक्लिएकाे छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्किएको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल र जेसी लिङगार्डले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा युनाइटेडले दोस्रो हाफमा दुई गोल गरेको हो ।

५७ औँ मिनेटमा मार्शलले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । खेल सकिन ९ मिनेट बाँकी हुँदा लिङ्गार्डले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो । जितपछि युनाइटेडको २२ खेलबाट ४७ अंक भएको छ । तेस्रो स्थानमा झरेको चेल्सीको २१ खेलबाट ४५ अंक छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि छ ।

लिगमा लगतार तीन खेलमा बराबरीपछि युनाइटेडले पहिलो जित दर्ता गरेको हो । 

Manchester United everton

विशेष