मनोरञ्जन

सैफ र करीनाको नयाँ वर्षमा जे देखियो

सैफ र करीनाको नयाँ वर्षमा जे देखियो

तैमूर खानले पहिलोपटक नयाँ वर्ष मनाएका छन् । तैमूरको पहिलो नयाँ वर्ष सफल बनाउनका लागि करीना कपुर र सैफ अली खानले कुनै पनि कसुर बाँकि राखेनन् । 

उनीहरुले न्यू ईयरलाई स्विजरलेण्डमा मनाएका हुन् । तैमूरले खुब मस्ती गरेको फोटोमा देख्न पनि सकिन्छ । बाबु सैफअली खानले छोरालाई रमाइलो गराउनका लागि सक्दो प्रयास गरेका छन् । अनुमान लगाउन सकिन्छ कि तैमूरको न्यु ईयर भव्य भयो भनेर ।

साथै न्यू ईयरलाई करीना र सैफले पनि एक उत्कृष्ट दिन भएको सामाजिक सञ्जालमा बताएका छन् । फोटोहरु पोष्ट गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

सैफ र करीनाको जोडिलाई देखेर खुव तारीफ पनि गरिएको छ । यस्तो खास दिनलाई अझ बढि खास बनाउन करीनाले मनीष मल्होत्राले डिजाइन गरेको लुगा लगाएकी थिइन् ।

नयाँ वर्षको पहिलो दिन अर्थात सोमबार बिहानै तैमूरको फोटो सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । जुन फोटो भाइरल बनेको छ । 

kareena kapoor saif ali khan

विशेष