मनोरञ्जन

यस्तो उदण्ड, कहिले सम्म चल्छ ज्योति?

यस्तो उदण्ड, कहिले सम्म चल्छ ज्योति?


तनहुँ । गायिका ज्योति मगर छोटो पहिरनमा स्टेजमा चढिन्, दर्शकबाट लगातार ‘ज्योति ज्योति’ भन्दै हुटिङ सुरु भयो । स्टेज पुगेकी ज्योतीलाई कार्यक्रम संचालकले माईक थमाए, ज्योती दर्शकको क्राउड देखेर थप उत्साहित हुदैँ प्रस्तुत भईन् । दर्शकलाई संवोधन गर्दै नमस्कार टक्राईन् ।

सेक्सी पहिरनमा ज्योतीको हुलीया पहिलेभन्दा परिवर्तन थिएन । यहाँ स्थित पाँचौ खिचरा महोत्सवमा पनि ज्योती सेक्सी पहिरनमै दर्शकमाँझ देखा परिन् । ज्योतीको जवानी हेर्न युवापुस्ताको वाक्लो उपस्थिती थियो । डेढ घण्टा स्टेजमा विभीन्न गित गाएर दर्शक नचाएकी ज्योतीको त्यो पहिरनसहितको प्रस्तुती आफ्ना छोराछोरीमाझँ वसेर हेर्न लायक थिएन । कतिपय वुढापाका घर फर्किए ।

गित गाउँदै समय समयमा बोल्ने उनका ठट्यौली गफ सवैका लागी रमाईलो भएन । पाकापुस्ता उनका ति गफले जिव्रो समेत टोकें । कतिपयले नेपाली लोकसंगित विगारेको भन्दै ज्योतीलाई गाली समेत गरें । ढाडे बिरालो, जिम्बाल बाउकी छोरी’ जस्ता आधा दर्जन गीत गाउँदै दर्शकलाई मनोरञ्जन दिएकी ज्योतीलाई धेरैले भने, ‘यसरी कहिलेसम्म चल्छ ज्योती, कहिलेसम्म विक्छ तिम्रो सेक्सी हुँलीया ?’

विशेष