मनोरञ्जन

मिसाइल आक्रमणको खबर पाएका अमेरिकनले किन हेरे सबै भन्दा धेरै पोर्न फिल्म

मिसाइल आक्रमणको खबर पाएका अमेरिकनले किन हेरे सबै भन्दा धेरै पोर्न फिल्म


हवार्इ। अमेरिकाको हवार्इ राज्यमा मिसाइल आक्रमणको झुटो खबर फैलिएपछि एक पोर्न साइटमा आएको व्यस्तता हाल चर्चाको विषय बन्न पुगेको छ ।

बिहान ८ बजे हवार्इबासीको मोबाइलमा एकाएक आणविक आक्रमणको चेतावनीको संदेश आएपछि संत्रास छाएको थियो । त्यसको आधा घण्टापछि उक्त मिसाइल आक्रमणको चेतावनी मात्र एक अफवाह भएकोले ध्यान नदिनुहोला भन्दै पुनः अर्को संदेश आएको थियो । सोहीबखत् एउटा ठूलो पोर्न वेवसाइटले उक्त घटनापछि हवार्इका लाखौं मानिसहरूले आफ्नो वेवसाइट हेर्न लागेको बताएको थियो ।

केही मिनेटमै सो पोर्न साइटको ट्राफिक ५० प्रतिशतसम्म पुगेको थियो । ब्यालिस्टिक मिसाइलको चेतावनीबारे थुप्रै टिभी च्यानलहरूले प्रसारण गर्नुको साथै कतिपयले प्रसारण नै रोकेको थियो । पोर्न वेवसाइटको स्टेटिसियनको अनुसार मिसाइल हमलाको चेतावनीपश्चात् साइटको ट्राफिक घटेर माइनस ७० प्रतिशतसम्म पुगेकोमा पछि सामान्य अवस्थामा आएपछि भने व्यस्तता ह्वात्तै बढेको थियो ।

झुटो समाचार कसरी फैलियो भन्नेबारे हवार्इ इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीले अध्ययन गरिरहेको छ । चेतावनीको संदेश पठाउने कुनै व्यक्तिले भूलवश गलत अपसन थिचेको कारण पूरै राज्यमा संदेश पुगेको हुनसक्ने बताइएको छ ।

उत्तर कोरिया र अमेरिकाको हवाइ मार्गमा पर्ने कारण पनि उक्त क्षेत्रमा यस्तो गलत समाचारको प्रभाव धेरै देखिएको हो । हाल यी दुर्इ देशबीचको बढ्दो तनावले जनताहरू असुरक्षित महसूस गरिरहेका देखिन्छन् ।

तर पोर्न साइटमा आएको व्यस्तताको कारण भने आत्तिएका हवार्इबासीहरू सामान्य अवस्थामा फर्किएपछि बाँच्न पाएको खुशीमा यौनजन्य क्रियाकलापमा सहभागी भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

विशेष