प्रवास

अमेरिकामा नेपालीमाथि अर्को बज्रपात रहेनन् उप्रेती

अमेरिकामा नेपालीमाथि अर्को बज्रपात रहेनन् उप्रेती


अमेरिका । अमेरिकाको क्यारोलिना राज्यमा भएको सडक दुर्घटनामा एक नेपाली युवक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना भारतीय रहेको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ।

क्यारोलिना राज्यको पश्चिमी क्षेत्रमा रहेको रेलेघस्थित राजमार्गमा गएराती चार जना सवार होण्डा सिविक कार पिकअप ट्रकमा ठोक्किदा भएको सडक दुर्घटनामा नेपाली युवक रुपेश उप्रेतीको मृत्यु भएको बताइएको छ भने उक्त घटनामा एक जना भारतीयको पनि मृत्यु भएको छ । अन्य दुई जना घाईेते भएका छन । घाईते दुबै जना भारतीय भएको बुझिएको छ ।

पिकअप ट्रकका चालक भने सामान्य घाईते भएको त्यहाँको प्रहरीले बताएको छ । दुर्घटनाको कारण खराब मौषम नभएको प्रहरीको दावी छ ।

विशेष