कृषि उद्यमबाट मनग्य आम्दानी

बागलुङ । व्यावसायिक कृषि कार्य गर्दै आएका बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गरेर उदाहरणीय कार्य गरेका छन् ।
१५ वर्षअघि व्यावसायिक कृषि थालेका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केरा खेती पनि गरिरहेका छन् । १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उनले अहिले वार्षिक १५ लाखसम्म आम्दानी गर्छन् ।
६ वटा पोखरीमा गरेको माछापालनबाट वार्षिक ८ लाखसम्म आम्दानी हुने गरेको उनले बताए ।
कुखुरासँगै हाँसपालन गरेका शर्माले जिल्ला कृषि र पशुसेवा कार्यालयबाट अनुदान समेत पाएका छन् ।
माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट ६० हजार र कुखुरापालनका लागि जिल्ला पशुसेवा कार्यालयबाट ५० हजार अनुदान पाई शर्माले गरेको उद्यमशीलता अन्य किसानका लागि प्रेरणादायी बनेको छ ।
काठेखोला छेउँमा रहेको सो किसान शर्माको फार्मबाट उत्पादित कृषि उपज बागलुङ सदरमुकाममै खपत हुने गरेको छ ।
farming