खेल

नेपाल प्रहरी राखेप फुटबल च्याम्पियन

नेपाल प्रहरी राखेप फुटबल च्याम्पियन


दाङ । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २८ औँ पुरुष राष्ट्रिय फुटवल प्रतियोगितामा नेपाल पुलिस क्लव प्रथम भएको छ ।

दाङको भरतपुर खेल मैदानमा शनिबार भएको अन्तिम खेलमा दुवै हाफमा गोल गर्न नसक्दा पेनाल्टी मार्फट त्रिभुवन आर्मी क्लवलाई ५–४ गोलले हराउदै नेपाल पुलिस क्लव प्रथम भएको हो ।

नेपाल पुलिस क्लवका सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजबंशी र निरकुमार राईले पेनाल्टी मार्फत गोल गरे । त्यस्तै दोस्रो हुने आर्मीका तर्फबाट जर्जप्रिन्स कार्की, हिरण्य मगर, विबेक बस्नेत र रुपेश केसीले गोल गरेका हुन ।

त्यसैगरी सुदुरपश्चिम सँग भएको खेलमा शसस्त्र प्रहरी विजयी बन्दै तेस्रो बनेको छ । सशस्त्रका अमृत अधिकारी, सन्तोष कटवाल, मानबहादुर राना र सुमित आलेले गोल गरे । चौथो हुने सुदुरपश्चिमका लागि सुनिल धामी, राजेन्द्र ठगुन्ना र राकेश कुमालले गोल गरे ।

दाङ जिल्ला फुटबल संघको आयोजनामा यही माघ २ गते बाट सुरुभएको खेलमा ५ वटा साविकका बिकास क्षेत्र र ३ वटा बिभागिय समुहहरु प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताबाट उत्कृष्ठ भएका खेलाडीहरुलाई साफ च्याम्पेन्सीप खेलका लागि तयार पारिने एन्फाले जनाएको छ ।

 

विशेष