मनोरञ्जन

सुश्री सम्पत्ति’ मा सलोन र सारा अनुबन्धित

सुश्री सम्पत्ति’ मा सलोन र सारा अनुबन्धित

काठमाडौं । नायक सलोन बस्नेत र नायिका सारा सिर्पालीको जोडी पहिलो पटक पर्दामा बाँधिने भएको छ । सुब्रत आचार्यले निर्देशन गर्न लागेको नयाँ फिल्म ’सुश्री सम्पत्ति’ मा सलोन र सारा अनुवन्धित भएका छन् ।

सुरेश अधिकारीको सोलो संगीत रहने फिल्मलाई अर्जुन तिवारीले खिच्नेछन् । फिल्मको छायांकन फागुन पहिलो साताबाट सुरु हुने बताईएको छ । फिल्मलाई लिएर निर्देशक आचार्य निकै उत्साहित रहेका छन् ।

साराले यसअघि फिल्म ’रुद्र’ र ’पिंजडा ब्याक अगेन’मा काम गरिसकेकी छिन् । फिल्ममा विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत, प्रेम वर्षा खड्का लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ् ।

विशेष