मनोरञ्जन

मिस नेपाल बन्न चाहनु हुन्छ ? खुल्यो आवेदन

मिस नेपाल बन्न चाहनु हुन्छ ?  खुल्यो आवेदन


काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०१८ को आवेदन आइतबारबाट खोलेको छ । प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल प्रतियोगिताको अग्रणि प्रायोजक रुस्लान एफएम ९५.२,सहप्रायोजक कलर्स मोबाइल र शैलीयुक्त प्रायोजक लिभोन रहेका छन् ।

 

चार विलक्षण प्रतिभाशाली युवती चयन गरी मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स र मिस इन्टरनेशनलजस्ता गरिमामय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन मिस नेपाल २०१८ घोषणा गरेको आयोजकले आइतबार पत्रकार सम्मेलनमा बताए ।

 

मिस नेपाल २०१८ को लागि ८ प्रमुख सहरहरूमा फेब्रुअरी ४ देखि १० सम्म सहभागी चयन गर्न भ्रमण गर्ने आयोजकले जनाएको छ । त्यस्तै १७ फेब्रुवरी २०१८ मा काठमाडौंमा अन्तिम चरणको उम्मेदवार चयन गरिनेछ । साथै चयन भएका उम्मेदवारहरुलाई आतिथ्य सत्कार होटल अन्नपूर्णमा ११ अप्रिल २०१८ मा सम्पन्न हुने अन्तिम प्रतियोगिता अगावै ७ हप्तासम्म वरिष्ठ प्रशिक्षकद्वारा प्रदान गरिने उपलब्धिमूलक प्रशिक्षण कार्यक्रम रहेको छ ।

 

आवेदनका लागि उमेर १९ वर्षदेखि २५ वर्ष हुनुपर्ने, उचाई ५।४ इन्च वा सोभन्दा बढी, विवाह नगरेको र नेपाली नागरिकता साथै पासपोर्ट हुनैपर्ने आयोजकले बताएका छन् । आवेदनको अन्तिम मिति १५ फेबु्रअरीसम्म रहेको छ ।

विशेष