मनोरञ्जन

मनोजसँग सम्बन्ध विच्छेद गरेकी मिनाको बुटिक उद्घाटनमा पुगिन कोमल ओली

मनोजसँग सम्बन्ध विच्छेद गरेकी मिनाको बुटिक उद्घाटनमा पुगिन कोमल ओली


काठमाडौं । चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेपछि मिना ढकालले बानेश्वरमा बुटिक संचालन गरेकी छन् ।

 

२३ वर्षे लामो वैबाहिक जीवनको अन्त्य गर्दै यी जोडीले केही समय अघिमात्र अलग बस्ने घोषणा गरेका थिए ।

 

एक छोरा र एक छोरीका मातापिता यिनीहरुले छोरा बाबुसँग र छोरी आमासँग राख्ने निर्णय पनि गरेका छन् । सम्बन्ध विच्छेद पछि गजुरेल बालकोटमा बस्दै आएका छन् भने मीना बानेश्वरमा बसिरहेकी छन् ।

 

बुटिकको उद्घाटनमा गायिका तथा एमाले नेतृ कोमलवली लगाएतका कलाकार र पत्रकारको उपस्थिती रहेको थियो ।

विशेष