देश

सल्यानमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ३० घाइते

सल्यानमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ३० घाइते

सल्यान । सल्यानमा सोमबार दिउँसो बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

 

रुकुमबाट दाङका लागि छुटेको कालिकामालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको हाे ।

 

दुर्घटनामा दुई पुरुष र दुई महिलाको मृत्यु भएको भएपनि पहिचान भने खुल्न नसकेकाे इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । घाइतेहरुको श्रीनगर लगाएतका स्थानमा उपचार भइरहेको छ ।

 

घटना स्थलमा अहिले प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

विशेष