मनोरञ्जन

प्रभासको विवाह तय, को हुन् ती भाग्यमानी युवती

प्रभासको विवाह तय, को हुन् ती भाग्यमानी युवती

एजेन्सी । चर्चित कलाकार प्रभासले निकट भविष्यमै विवाह गर्ने भएका छन् । ‘बाहुबली’को ऐतिहासिक सफलतापछि चर्चित भएका कलाकार प्रभासले बिहे गर्ने खवरले भारतीय मिडियामा चर्चा पाइरहेको छ । 

 

प्रभासले कहिले र कोसँग विवाह गर्नेछन् यो प्रश्न प्राय सबैले सोच्ने विषय बनेको छ । यस विषयमा फरक खबरहरु बाहिर आइरहेका हुन्छन् ।

 

अहिलेसम्म प्रभासलाई ६ हजारभन्दा बढि युवतीबाट विवाहको प्रस्ताव आइसकेको छ तर उनले सबै अस्वीकार गरेको कुरा भारतका सञ्चार माध्यमहरुले बताएका छन् ।

 

प्रभासका अंकल तथा कलाकार कृष्णम राजूले जनवरी २० मा आफ्नो बर्थडेको दिन प्रभास यसै वर्ष दुलहा बन्न सक्ने संकेत गरेका छन् । तर, उनले कोसँग विवाह गर्दैछन् भन्ने कुरा चाहिँ सार्वजनिक गरिएको छैन् ।

 

प्रभास यतिबेला नयाँ फिल्म ‘साहो’को तयारीमा रहेका छन् । फिल्ममा श्रद्धा कपूर, प्रभाससँग पहिलो पटक देखिँदैछिन् ।

विशेष