खेल

आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण भाेलिदेखि सुरू

आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण भाेलिदेखि सुरू

आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण मंगलबारदेखि पाेखरामा सुरु हुँदैछ ।

प्रतियाेगिताकाे उद्घाटन खेलमा अायाेजक सहारा र सुदूरपश्चिम र्स्पाेटिङ क्लबबीच हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टिम–त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी, दुई विदेशी टिम–बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाइटेड, मोफसलका टिम–धरान फुटबल क्लब, झापा–११ र ‘ए’ डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिनेछन् ।

प्रतियाेगिताकाे विजेताले ७ लाख १ हजार रूपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । त्यस्तै गरि यस वर्ष भाग्यमानी दर्शकले टीभी र स्कुटर पाउने पनि जनाइएकाे छ । 

Aaha Rara Gold cup

विशेष