ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू
चितवन । राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१२ को गोन्द्राङ्गदेखि भण्डारासम्मको २० किलोमिटर दुरी ४५ मिनेटभन्दा अघि अब पुग्न पाइने छैन ।
यस्तै भण्डारादेखि मनहरी र मनहरीदेखि भण्डारा ३५ मिनेट अघि पुग्न नपाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
tipper