मनोरञ्जन

श्रीमतीसँग डिभोर्स गरेका मनोज गजुरेल जोगी बन्ने !

श्रीमतीसँग डिभोर्स गरेका मनोज गजुरेल जोगी बन्ने !

काठमाडौं। विश्वकै चर्चित हाँस्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन टुटेको दुखद खबर छ। २०५३ सालमा झापाकी मिना ढकालसंग वैबाहिक सम्बन्धमा बाँधिएका चर्चित कलाकार मनोज गजुरेलको जोडी २२ वर्षपछि टुटेको छ ।

 

२०७४ साल पुस ११ गते दुवै जनाको डिभोर्स भएको हो। डिभोर्स गरेपछि मनोज गजुरेल चीन भ्रमण निस्किएका थिए। स्नातक गरेका एक छोरा मिरोज गजुरेल चाहिं मनोजसंगै रहेका छन्। १३ वर्षे एकजना छोरी आठ कक्षामा पढ्दै छिन। छोरा बाबुसंग र छोरी आमा मिनासंग बसेकी छिन।

 

काठमाडौंको पुतलीसडकबाट सुरु भएको प्रेम सम्बन्ध र वैबाहिक सम्बन्ध टुटेपछि कलिउड र हाँस्य क्षेत्रमा चिन्ता व्यक्त गर्न थालिएको छ। यो चिन्तासंगै मनोज चाहिं जोगी बन्ने भन्दै दुःख व्यक्त गर्दै हिंडेका छन्। मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छन, धरधर्ती रोएपनि आफ्नी श्रीमती आफ्नै हुन्छिन् । 

 

बालकोटमा बसोबास गर्दै आएका मनोज गजुरेलले घर चाहिं आफूले लिएर मिना ढकाललाई नगद दिएर भागबन्डा मिलाएको थाहा भएको छ। –साँघु साप्ताहिकबाट

विशेष