खेल

टोटनह्याम्मले साउथह्याम्पटनलाई बराबरीमा रोक्यो, आज लिभरपुलले स्वान्सी सीटीको सामना गर्ने

टोटनह्याम्मले साउथह्याम्पटनलाई बराबरीमा रोक्यो, आज लिभरपुलले स्वान्सी सीटीको सामना गर्ने


काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा साउथह्याम्पटनले टोटनह्याम हट्सपरलाई बराबरीमा रोकेको छ । साउथह्याम्पटनको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

 

खेलको १५ औं मिनेटमा टोटनह्यामका डेभिन्सन सान्चेजले आत्माघाति गोल गरेपछि साउथह्याम्पटनले अग्रता लियो । तर त्यसको ३ मिनेटपछि टोटनह्यामका ह्यारी केनले एक गोल गर्दै खेललाई बराबरी गरेका हुन् ।

 

गएरातीको खेलपछि टोटनह्याम हट्सपर २४ खेलबाट ४५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुलको ४७ अंक छ । प्रिमियर लिग फुटबलमा २४ खेलबाट ६५ अंकका साथ म्यानचेष्टर सिटी शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडको ५३ अंक छ भने ५० अंकका साथ चेल्सी तेस्रो स्थानमा रहेको छ । आज हुने खेलमा लिभरपुलले स्वान्सी सिटीसँग उसैको मैदानमा खेल्नेछ ।

विशेष