स्वास्थ्य

मेसिनबाट क्षयरोग पत्ता लाग्ने

मेसिनबाट क्षयरोग पत्ता लाग्ने


कलैया । क्षयरोग निवारण र नियन्त्रण गर्नका लागि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय बारामा क्षयरोग पत्ता लगाउने जिन एक्सपर्ट उपकरण जडान गरिएको छ ।

उपकरणबाट दुई घण्टामा नै क्षयरोग पत्ता लगाउन सकिने भएकाले क्षयरोगको उपचार गर्न सजिलो भएको कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए। उक्त उपकरणबाट हालै १५ जनाको परीक्षण गर्दा पाँच जनामा क्षयरोग पोजेटिभ देखिएको र उनीहरुको उपचार भइरहेको बताइएको छ ।

बजारमा उक्त उपकरणबाट क्षयरोग परीक्षण गराउन रु पाँचदेखि आठ हजारसम्म शुल्क लागे पनि कार्यालयबाट निःशुल्क परीक्षण गरिने छ ।

विशेष