मनोरञ्जन

अनमोल केसीको टिम ठुस्किएपछि अदितिलाई चिन्ता

अनमोल केसीको टिम ठुस्किएपछि अदितिलाई चिन्ता


काठमाडौं । अदिति बुढाथोकी फिल्मी दुनियाँमा डेब्यु गर्दैछिन्, कृबाट । यो खुसीको कुरा हो । तर, हल्का चिन्ताको पक्षचाहिँ कृमा उनको अपोजिटमा छन्, अनमोल केसी ।

 

अनि, चिन्ता यस कारणले कि अनमोलसँग यसअघि फिल्मी यात्रा सुरु गरेका हिरोइनहरु पूरापूर छायामा परेका छन्, जसजति सबै अनमोललाई नै । प्रकृति श्रेष्ठ, आना शर्मा उदाहरण हुन् । अदिति पनि ओझेलमा पर्ने संकेत मिलिसकेको छ । कारण, ट्रेलर, गीत र अन्य प्रचारात्मक सामग्रीमा अनमोललाई उच्च प्राथमिकतामा राखिएको छ ।

यही कारण हुनुपर्छ, अदिति आफैँ पत्रकार सम्मेलन गर्न बाध्य भइन् । ३० पुसमा गरिएको प्रेस मिटको उद्देश्य एउटै थियो, मिडियामा उनको चर्चा होस् । तर, उनले सोचेजस्तो प्रतिफल त मिलेन नै, उल्टै अनमोल केसी एन्ड टिम पनि उनीसँग ठुस्किएको छ । क्या फसाद !

 

 

विशेष