खेल

जोकोभिच चौथो चरणबाटै बाहिरिए

जोकोभिच चौथो चरणबाटै बाहिरिए


काठमाडौं । जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् ।

घाइते भइ लामो समयपछि कोर्टमा फर्किएका ६ पटका च्याम्पियन पूर्वविश्व नम्बर–१ सर्वियन खेलाडी जोकोभिच दक्षिण कोरियाका युवा खेलाडी ह्युन चुंगसँग ७–६, ७–५ र ७–६ को सोझो सेटमा पराजित भएका हुन् ।

यो जितसँगै चुंग कुनैपनि ग्रान्डस्लामको क्वार्टरफाइनलमा पुग्ने पहिलो कोरियाली बनेका छन् । चुङले अब अमेरिकन खेलाडी टेनिस स्यान्डग्रेनसँग खेल्नेछन् ।

स्यान्डग्रेनले प्रिक्वार्टरफाइनलमा पाँचौं वरीयताका डोमिनिक थिमलाई ६–२, ४–६, ७–६, ६–७ र ६–३ ले हराएका थिए ।

विशेष